पाहुनालाई लक्षित गरी बन्यो नानी अपार्टमेण्ट
पाेखरा | चैत २०, २०८०
पोखरा: पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा।लि।ले उक्त अपार्टमेण्ट बनाएको हो ।
‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा।लि।की सञ्चालक टिका गुरुङ्ले भनिन्, ‘कसैको घरमा हुने शुभकार्यमा आउने पाहुनाका लागि पनि यो अपार्टमेण्टका फ्ल्याटहरु उपलब्ध हुनेछन् ।’
उनले पोखराका घरहरुमा हुने उत्सवहरुमा धेरै पाहुना आउने र उनीहरुलाई बस्ने व्यवस्था गर्न सहज हुने समेत बताईन् । ‘कुनै घरमा पुजाआजा पर्यो भने ठुलो सँख्यामा पाहुना आउँछन्, खाना खाने व्यवस्था त घर कम्पाण्डमा होला, तर सुत्नको लागि समस्या हुने देखिएको छ,।’ उनले थपिन्, ‘घरका कोठाहरु भाडामा लगाईएका हुन्छन्, उनीहरुलाई घर खाली गर भन्ने कुरा पनि भएन, यस्तै समस्लाको समाधानका लागि यो अपार्टमेण्ट निर्माण गरिएको हो ।’
पोखरा १६ सेदीमार्गमा निर्माण गरिएको यो अपार्टमेण्टबाट मनोरम हिमश्रृङ्खा, सेती नदि तथा पोखरा बजार र सुन्दर डाँडाकाँडाहरु देख्न सकिने उनको दावी छ ।
पाँच तल्लाको उचाई रहेको यो अपार्टमेण्टको भाडा बुकिङ् खुलेको पनि गुरुङ्ले जानकारी दिईन् । यसको भाडादरका बारेमा दुई पक्षबीच आपसी सहमतिमा तय हुने उनको भनाई थियो ।
अपार्टमेण्टको नजिकै मणिपाल कलेज, पश्चिमाञ्चल ईन्जिनियरिङ् कलेज लगायतका ठुला सँस्थाहरु रहेकाले अपार्टमेण्टमा बसेर अध्ययन गर्नेहरुलाई उपयुक्त हुने उनले बताईन् । ‘नजिकै बजार छ, हरेक कुरा किन्न पाईन्छ, सार्वजनिक यातायतको सुबिधा पनि छ ।’ उनले भनिन्, ‘पाहुनाको सुबिधालाई ध्यानमा राखेर निकट भविष्यमा हामीले भित्रै एउटा सुपरमार्केट पनि निर्माण गर्दैछौं ।’
गुुरुङका अनुसार यो अपार्टमेण्ट निर्माण गर्न १० करोड रुपैंया लगानी भएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

